नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै ।
नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४’ कार्यक्रम सम्पन्न गर्ने भएको छ । संयुक्त राष्ट्र संघ द्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले ‘आदिवासी दिवस’ रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा आफु मातहतमा रहेका कुवेतमा कृयाशिल जातिय सस्थाहरुलाई समेटी सोही ‘अगष्ट ९’ तारिख आदिवासी जनजाती समुदायको मौलिक जातिय झाकी, शुभकामना आदान प्रदान एवं मौलिक लोक सास्कृतिक प्रस्तुतीका साथ कार्यक्रम आयोजना गरिएको स्रोतले जनाएको छ साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई सहयोग गरी दिन सम्पूर्ण नेपाली समुदायलाई यसै मार्फत अनुरोध गरिएको छ ।
विश्वभर छरिएर रहेका आदिवासी समुदायहरुको समस्या लगभग एकै प्रकृतिको भएको महसुस गरी उनिहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा संस्कृति एवं परम्परागत ज्ञान र शिपलाई जगेर्ना गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको बिशेष कार्यदलको पहिलो बैठक सम्पन्न भएको दिन ‘अगस्त ९’
(सन् १९८२, जेनेभा) लाई बिशेष स्मरणीय दिनको रुपमा संयुक्त राष्ट्र संघले ‘विश्व आदिवासी दिवस’ घोषणा गरेको हो । यस् पस्चात नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष रुपमा बिबिध चेतना मुलक कार्यक्रम सहित आदिवासी जनजातिहरूको हक अधिकार, संस्कृति, पहिचानको आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आवद्ध कुवेतमा कृयाशिल जातिय सस्थाहरु;
१) नेपाल मगर संघ, कुवेत
२) तमू समाज, कुवेत
३) नेपाल तमाङ धेदुङ, कुवेत
४) किराँत राई यायोख्खा, कुवेत
५) किराँत याक्थुङ्ग चुम्लुङ्ग, कुवेत
६) सुनुवार सेवा समाज, कुवेत
७) तमू प्ये ल्हु संघ, कुवेत
८) नेवाँ गुठी, कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन