२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव”आयोजना गर्ने भएको छ
कुवेत / निरेम प्रोडक्सनले सन् २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवसको दिन ‘निरेम सांगितिक उत्सव २०२५’ आयोजना गर्ने भएको छ । मुख्यत : युवा तन्नेरीहरूले फेब्रुवरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसमा यसपाली निरेमले ‘टिनएज’ नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव गर्न लागको हो । फेब्रुवरी १४ तारिक हुने उक्त उत्सवमा नेपाली सांगितिक समूहकको प्रस्तुति रहने छ भने साथमा बिभिन्न प्रेमिल सांगित र साहित्यिक प्रस्तुति हुने आयोजक निरेमले बताएको छ । यधपी नपालको कुन सांगितिक समूह वा गायक/गायिकाको प्रस्तुति रहनेछ भन्ने चाँहि अहिले टुङ्गिएको छैन ।
नेपाली श्रमगन्तव्य मध्यको प्रमुख मानिने कुवेतमा युवा श्रमिकको संख्या पनि उल्लेख्य भएका कारण आउँदो भ्यालेण्टाईन डे को दिन यो प्रणय सम्बन्धित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक निरेमको दावि छ । बहुसंख्यक मुस्लिम समुदायको बाहुल्य रहेको कुवेतमा नेपाली श्रमीकहरुलाई कामको अलावा मनोरञ्जन गर्ने साधन र स्थानको सिमितता रहेको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि ‘फ्रेस’ बनाउँने आयोजकको भनाई छ । बिशेषगरी रोम समुदाय र संस्कृतिबाट सुरु भएको भ्यालेण्टाईन डे बिस्तारै मध्यपूर्व र एसिया हुँदै नेपाल र नेपाली समुदायकाबिच पनि लोकप्रिय हुँदै जानथालेको छ । सेन्ट भ्यालेण्टाईनको प्रेम प्रसङ्गको सम्झनामा मनाउँन सुरु भएको भ्यालेण्टाईन डे युवा युवतीले बिशेष प्रेम पर्वको रुपमा मनाउँने गर्दछन् ।
September 1, 2024 10:34 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन