Wednesday 17th September 2025

तमू समाज कुवैतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन र डिसेम्बर २७ मा तमू ल्होसार सम्पन्न गर्ने

1 year अगाडी

कुवेत – तमू गुरुङहरु साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आगामी सेप्टेम्बर २७ तारिख २०२४ शुक्रबारको दिन कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा

बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान पर्व ‘तमू लोसार’ डिसेम्बर २७ तारिख २०२४ शुक्रबार दिन मनाउने भएको छ।

“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९’मा स्थापना भएको तमू समाज कुबेतको २० अगस्ट २०२४ शुक्रबारको दिन समाजको अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको मासिक बैठकले सो दिन निर्णय गरेको समाजका महासचिव सुरेश गुरुङले मिडिया लाई जानकारि दिएका छन्।

कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।

कार्यक्रमको विवरण:
मिति:- सेप्टेम्बर २७ तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटलको सभाहल
समय:- मध्यान १२ बजेदेखी
आयोजक:- तमू समाज कुबेत

          September 1, 2024 10:41 pm | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...