Thursday 19th September 2024

बसाइँसराइका कारण मुस्ताङको ध्ये गाउँ रित्तियो

2 days अगाडी

म्याग्दी – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ध्ये गाउँ बसाइँसराइका कारण रित्तिएको छ । जलवायु परिवर्तनले गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छोड्न बाध्य भएका हुन् ।

दुई दशक अघिसम्म मानव बस्तीले भरिएको गाउँमा स्थानीयवासीले पानी खोज्दै अन्त बसाइँसराइ गरेपछि स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । उहाँका अनुसार मानिस बस्न छाडेपछि त्यहाँका पुराना घरहरू भत्किँदै गएर बस्ती खण्डहर र उराठलाग्दो देखिएको छ ।

बसाइँ सर्नेहरू बढेपछि ध्येको सयाैं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइँसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिनुभयो ।

विं.सं. २०६४ देखि नै ध्येवासी बसाइँ सरेर बेँसीमा रहेको थामजुङमा झर्ने क्रम शुरू भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत् लगायत सुविधा छ । रासस

          September 18, 2024 1:18 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...