काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्कियो
काठमाण्डौ – काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्किएको छ । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको धर्मशाला कानुनअनुसार खाली गर्ने भन्दै आएको छ ।
कोष र काठमाण्डौ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति पनि भएको छ । तर मारवाडी सेवा समितिले भने धर्मशाला भएको जग्गाको आफू मोहीयानी भएको दाबी गर्दै त्यो ठाउँ नछाड्ने अडान लिँदै आएको छ ।
यसैबीच हिजो धर्मशालामा अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाण्डौ महानगरपालिकाको टोलीको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली हिजो दिउँसो गौशाला पुगेको थियो ।
डोजरले अनाधिकृत संरचना हटाउन खोज्दा पहिलैदेखि घेरा हालेर बसेको प्रहरीले दुई वटा डोजर नियन्त्रणमा लिएको महानगरले जनाएको छ । तर, महानगरले धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेला यसअघि व्यानर मात्र राखेको महानगरले हिजो बोर्ड राखेको हो । उज्यालो
October 17, 2024 11:31 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै