

कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार भव्य आयोजना हुने

कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार को भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।
यस अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ, जसमा नेपालका अतिथि कलाकारको समेत विशेष प्रस्तुति रहनेछ।
कार्यक्रमका विशेषताहरू:
• शुभकामना आदान प्रदान कार्यक्रम
• किराती परम्परागत नृत्य, र सांस्कृतिक झाँकी
• नेपालका अतिथि कलाकारको विशेष प्रस्तुति
• कुवेतस्थित नेपाली समुदायबीच एकता र सहकार्यको सन्देश
सम्पूर्ण नेपाली समुदायलाई निमन्त्रणा
आयोजक संस्थाहरूले कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई चाडको महत्त्वलाई अझ सशक्त बनाउन आह्वान गरेका छन्।
आयोजक संस्थाहरू:
१. किरात याक्थुङ चुम्लुङ, कुवेत
२. किरात राई यायोक्खा, कुवेत
३. सुनुवार सेवा समाज, कुवेत
कार्यक्रमका मुख्य विवरण:
• मिति: २०२४ डिसेम्बर २० (शुक्रबार)
• स्थान: राजधानी प्यालेस, कुवेत
• समय: बिहान ११:०० बजे
थप जानकारीका लागि आयोजक प्रतिनिधिसँग सम्पर्क गर्न सकिनेछ।
November 27, 2024 4:03 am | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

