भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुग्यो
12 months अगाडी
manoj Thapa
भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् ।
उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजीमा व्यस्त छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ । भूकम्पका कारण सयौं भवन ध्वस्त भएका छन् ।
भानुआतु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ । भानुआतु दक्षिण प्रशान्त क्षेत्रमा ८० वटा साना टापुहरू भएको देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा रहेको छ ।
भानुआतुलाई भूकम्प लगायत अरू प्राकृतिक प्रकोपको जोखिक क्षेत्र मानिन्छ । उज्यालो
December 18, 2024 4:47 pm | प्रकोप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...