

केपी ओलीको तानाशाही दमनविरुद्ध देशव्यापी भण्डाफोर गर्छु : भीम रावल

काठमाडौँ —एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् ।
शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै रावलले भने, ‘ममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश र तानाशाही दमनविरुद्ध सशक्त ढंगले अभियान चलाउँदै छु । निश्चित रूपमा एउटा राजनीतिक व्यक्तिका गतिविधिहरू राजनीतिक रूपमै अघि बढ्छन् ।’
‘नयाँ पार्टी खोल्दै हुनुहुन्छ रे नि?’ भन्ने प्रश्नमा रावलले भने, ‘भण्डाफोर अभियानपछि पार्टी खोल्नेबारे निर्णय हुन्छ ।’ पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
रावललाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा बताएका थिए । दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका रावल वैधानिक व्यवस्थाअनुसार सल्लाहकार भए पनि त्यहीअनुसार काम नगरेको ज्ञवालीले बताए । कान्तिपुर
December 27, 2024 5:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

अवरोधका बीच काठमाण्डाै महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता

