

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुग्यो

चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुगेको छ । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अन्य एक सय ३० जना घाइते भएका स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्पका कारण सयौं घर भत्किएका छन् । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो । भूकम्पका कारण सिगात्से क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको खबरमा उल्लेख छ ।
चिनियाँ सेनाले उद्धार प्रयास शुरू गरेको र दुर्गम क्षेत्रमा मानवरहित ड्रोन पारिचालन गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार गर्न तथा प्रभावितहरूको पुनर्वासका लागि आह्वान गर्नुभएको छ ।
चिनियाँ समाचार संस्थाका अनुसार बिहान नेपाल–चीन सिमानामा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । उज्यालो
January 7, 2025 4:49 pm | प्रकोप,विश्व
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

