

अमेरिकामा ‘टिकटक’ बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्ने क्रम बढ्याे

अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा हिजो अर्थात् मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ ।
सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । मङ्गलवार रेडनोटभित्र ‘टिकटक रेफ्युजी’ शीर्षकमा झन्डै ६३ हजार पोस्ट भएका छन् । सोमवार ५० हजार वटाभन्दा धेरै यस्ता पोस्ट भएका थिए ।
अमेरिकामा टिकटक प्रतिबन्धको तयारी हुँदै गर्दा टिकटक शरणार्थी भन्ने समूहको चर्चा बढेको छ । सियाओहङ्शु नामको चिनियाँ एप अङ्ग्रेजीमा रेडनोटको नामबाट डाउनलोड भइरहेको छ ।
सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो । चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् । यो एप टिकटक र इन्स्टाग्रामको संयोजनजस्तो देखिन्छ । यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन् ।
यसअघि जापान, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भियतनामलगायतका देशमा लोकप्रिय रहेको यो एप अहिले अमेरिकामा पनि लोकप्रिय बन्दै गएको छ । इन्डोनेसियाले अनधिकृत विद्युतीय व्यापारको कारण देखाएर यो एपमाथि कडा नियमन गरेको छ भने भारतले दुई वर्षअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै धेरै चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउँदा रेडनोट पनि परेको छ । उज्यालो
January 15, 2025 9:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

