बाग्मतीलाई हराउँदै पुलिस क्लब एन्फा महिला लिगको दोस्रो ‘क्वालिफायर’ मा
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – बाग्मती युथलाई हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा सातदोबाटोमा आज भएको इलिमिनेटरमा पुलिसले बाग्मती युथलाई १–० गोलले हरायो । पुलिसको जीतमा अमृत जौशीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।
एन्फा महिला लिगको पहिलो क्वालिफायरमा भोलि लिग चरणमा शीर्ष भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दाेस्राे भएकाे त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले दोस्रो क्वालिफायरमा आउँदो सोमवार पुलिससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।
फाइनल खेल आउँदो बुधवार दिउँसो २ बजे त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ । उज्यालो
January 24, 2025 5:03 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...