पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेकाे पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ ।
एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।
एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए । उज्यालो
January 29, 2025 4:32 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...