निरेम टिम लाई पराजित गर्दै कल्याणकारीले जित्यो अलमुजैनी कप
कुबेत – कल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा आयोजित”कल्याणकारी-अलमुजैनी कप”अन्तर नेपाली भलिवल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपाली युवा समाज कुवेतले जितेको छ।

उपाधिसंगै आयोजक कल्याणकारीले २५१ केडी नगद र कप,मेडल,प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता निरेम टिमले कप, मेडल, प्रमाण पत्र र १५१ केडी नगद प्राप्त गरेको छ। यसैगरी तेस्रो हुने आयोजक कल्याणकारी B टिम लाई ७५ केडी नगद र कप,मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो। यसैगरी उत्कृष्ट खेलाडी,रेफ्री र लाईन्स म्यानहरुलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो। कार्यक्रम लाई एनआरएनए कुवेतका सचिब रोशन राईले संचालन गरिएको थियो।भने भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण निरेम प्रोडक्सनको फेसबुक पेज र युट्युब च्यानल बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।
कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुबास श्रेष्ठ को अध्यक्षतामा संचालन गरिएको खेलमा नेपाली राजदूतावास कुवेतका तृतिय सचिव राजेन्द्र प्रसाद जोसीको प्रमुख आतिथ्यता रहेको थियो भने तृतिय सचिव नविन पराजुली,एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरी,मुख्य स्पोन्सर Al Muzaini कुवेतका प्रतिनिधि राम बस्नेत, City express नेपालका प्रतिनिधि,बिशेष आतिथ्यता रहेको थियो। यसैगरी, कुवेतमा कृयाशिल रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजिवी तथा भद्र-भलाद्मीहरुको आतिथ्यता रहेको थियो।
अलमुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा ९ शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। अलमुजैनीले विशेष आकर्शक गिफ्ट ब्यागहरु, विशेष खेलाडी हरुलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।हजारौं दर्शकहरूका बिच खेलाइएको भलिबल खेलको बिजेता र उपबिजेता टिमहरुलाई प्रमुख अतिथि,बिशेष अतिथिहरु अलमुजैनी एक्स्चेन्ज कम्पनी कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमका अन्त्यमा सभापति सुवास श्रेष्ठले खेलमा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक,भौतिक,नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, कलाकार,पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग,सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए। मनकामना मिडिया
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले