रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला
रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुई जनाको हत्याका आरोपी मृत अवस्थामा फेला परेका छन् ।
साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएका थिए ।
आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् । खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । डीएसपी खरेलले पुनको टाउकोमा गहिरो चोट देखिएको बताउनुभयो ।
भुमे गाउँपालिका–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले घटनाले गाउँ नै शोकमग्न भएको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उज्यालो
February 12, 2025 8:34 am | अपराध,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला