

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

काठमाण्डाै – भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत एक जना नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
बुटवलकी २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत भेटिएकी हुन् । मेकानिकल तेस्रो वर्षमा अध्ययनरत भारतीय विद्यार्थी अद्विक श्रीवास्तवको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पतालमा राखिएको छ । यस्तै प्रहरीले आरोपी अद्विकलाई पक्राउ गरेको खबरमा उल्लेख छ ।
यसैबीच प्रकृति लम्साललाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि कलेजले सबै नेपाली विद्यार्थीलाई घर फर्कन सूचना जारी गरेको छ । प्रदर्शनका कारण तनावपूर्ण अवस्था बनेपछि कलेजले ५ सय जनाभन्दा धेरै नेपाली विद्यार्थीलाई बलपूर्वक बाहिर निकालेको खबरमा उल्लेख छ ।
आफूहरूलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेशनमा ल्याएर छोडिदिएको तर नेपाल जाने रेल बिहीवार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे कुटनीतिक रूपमा बुझ्ने काम भइरहेको बताउनुभएको छ । उज्यालो
February 17, 2025 4:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

