राजावादी सक्रिय हुनुमा सरकार दोषी : माओवादी
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठकले राजावादी सक्रिय हुनुको पछाडि सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सरकार नै दोषी रहेको आरोप लगाएको हो ।
सरकारका नराम्रा कामहरूको फाइदा उठाएर व्यवस्था विरोधीहरूले अभियान सञ्चालन गरेको निष्कर्ष निकालेको बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले बैठकमा तराई/मधेश अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको बारेमा छलफल भएको बताउनुभयो । बैठकले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको प्रवक्ता सापकाेटाकाे भनाइ छ ।
बैठकमा अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गर्नुभएको थियो । उहाँले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ ।
राजावादीको सक्रियता बढेको भन्दै तराई/मधेश जागरण अभियान स्थगित गरेको माओवादीले गणतन्त्र र संविधान रक्षाका लागि काठमाण्डाैमा प्रदर्शन गरेर मात्रै अभियानमा फर्किने निर्णय पनि गरेको छ । उज्यालो
March 10, 2025 8:41 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड