गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन सक्दैन : एमाले
काठमाण्डाै – सत्तारूढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध सुनियोजित गतिविधिहरू भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकको सात दशक लामो बलिदानी सङ्घर्षको परिणाम भएको उल्लेख गर्दै उहाँले नागरिककाे यस फैसलालाई उल्ट्याउने र देशलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेको सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्र स्थापनापछिको छोटो समयमा नै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । गर्नुपर्ने कामहरू धेरै छन् तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसकै बहानामा देशलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन । २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थक विषय हो ।’
बैठकमा एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह र आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरी लोकतान्त्रिक प्रणाली थप सुदृढ बनाउन दृढ सङ्कल्पित रहेको बताएको छ ।
यस्तै बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप गरिएका २८ जना सदस्यको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँले अहिलेको समयमा पनि विपक्षी दलहरूले सरकारमा भागबन्डा खोज्नु र सरकारमा जाने भर्याङ बनाउनुले गम्भीर नैतिक प्रश्न उठेको जिकिर गर्नुभयो । उज्यालो
March 17, 2025 6:01 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन