

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण : विश्व बैंक

काठमाण्डाै – विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ । आज नेपाल राष्ट्रगत आर्थिक परिदृश्य नामक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र यसमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेको हो ।
चरम गरिबी निवारणमा सफलता हासिल गरे पनि नेपालको आर्थिक वृद्धि भने कमजोर रहेको विश्व बैंकले जनाएको छ । प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसतमा ४ दशमलव २ प्रतिशतले बढेको छ । याे दक्षिण एशियाका आठ देशमध्ये छैटौं स्थानमा पर्छ । नेपालभन्दा पछाडि माल्दिभ्स र श्रीलङ्का छन् ।
नेपालको आर्थिक वृद्धि कमजोर हुनुमा निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता चुनौती रहेका प्रतिवेदनको निष्कर्ष छ । यस्तै गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको र आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएको समेत प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरलाई खुला गर्ने नीतिगत व्यवस्थालाई प्राथमिकता दिनुपर्ने सुझाव छ ।
हरेक पाँच वर्षमा तयार गर्ने ‘नेपाल : राष्ट्रगत आर्थिक परिदृश्य’ ले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गर्ने गर्छ । यसले नेपालको आर्थिक सम्भावना उजागर गर्न चार प्रमुख क्षेत्रमा नीतिगत सुधार सिफारिश गरेको छ । यसमा आप्रवासनबाट थप लाभ उठाउन सकिने उल्लेख छ । यस्तै निर्यात क्षमतामा सुधार, जलविद्युत् सम्भावना उपयोग र डिजिटल क्षेत्रको प्रवर्द्धन गर्न विश्व बैंकले सुझाव दिएको छ । उज्यालो
March 24, 2025 4:28 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

