प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता
काठमाण्डाै – थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए ।
प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन मङ्गलवार बैंकक प्रस्थान गर्नुभएको थियो ।
थाइल्यान्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बैंकक प्रस्थान गर्नुभएको हो । बुधवार प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबीच नेपाल–थाइल्यान्ड सम्बन्धका विविधि विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली भोलि गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । शिखर सम्मेलनका क्रममा सदस्य देशका समकक्षी एवम् राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री ओलीका साथमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री ओली पर्सि स्वदेश फर्कने कार्यक्रम छ । उज्यालो
April 3, 2025 2:48 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन