रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो
काठमाण्डाै – सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रविको जीउज्यान तथा मानव अधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ ।
पत्रमा मुद्दाको न्यायिक प्रक्रियाको विवरण र त्यो दिनको घटनाको विवरण समेटिएको छ । लामिछानेविरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानूनी कार्य भएको, प्रहरीले अभद्र शैली अपनाएर अनुमतिविनै घरभित्र प्रवेश गरी शयन कक्षमै पुगेर धरपकड गरेकोलगायत विषय पत्रमा उल्लेख छ । रास्वपाले घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।
गएको शुक्रवार उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले त्यही राति आफ्नै घरबाट लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेलाई एक दिन काठमाण्डौ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर अस्ति सोमवार कारागार चलान गरिएको थियो । उज्यालो
April 9, 2025 2:43 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन