रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो
काठमाण्डाै – सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रविको जीउज्यान तथा मानव अधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ ।
पत्रमा मुद्दाको न्यायिक प्रक्रियाको विवरण र त्यो दिनको घटनाको विवरण समेटिएको छ । लामिछानेविरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानूनी कार्य भएको, प्रहरीले अभद्र शैली अपनाएर अनुमतिविनै घरभित्र प्रवेश गरी शयन कक्षमै पुगेर धरपकड गरेकोलगायत विषय पत्रमा उल्लेख छ । रास्वपाले घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।
गएको शुक्रवार उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले त्यही राति आफ्नै घरबाट लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेलाई एक दिन काठमाण्डौ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर अस्ति सोमवार कारागार चलान गरिएको थियो । उज्यालो
April 9, 2025 2:43 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने