शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने
काठमाण्डाै – विद्यालय शिक्षक विधेयकलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा यथाशीघ्र ल्याउन छलफलसहित आवश्यक तयारी भइरहेको समितिकी सदस्य दीपा शर्माले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार विधेयकमा शिक्षकका मागलाई सम्बोधन हुनेगरी सहमतिको विषयलाई छिटो टुङ्ग्याउन उपसमिति गठन भएर काम भइरहेको छ ।
समितिका सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले शिक्षकसँग यसअघि गरिएका सम्झौता अनुसार विधेयकको मस्यौदालाई अन्तिम रूप दिने काम गरिरहेको शर्माले बताउनुभयाे ।
विधेयकले शिक्षकको दरबन्दी पालिकालाई हस्तान्तरणको प्रस्ताव गरेको छ । तर शिक्षकहरूले भने शिक्षक छनोट सङ्घीय सरकार मातहत रहेको शिक्षक सेवा आयोगले गर्ने भएकाले शिक्षक नियुक्ति पनि सङ्घीय सरकारले नै गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका छन् ।
यस्तै विधेयकमा शिक्षकको सरुवा एक पालिकाबाट अर्को पालिकामा गर्ने उल्लेख गरिएकामा शिक्षकले शिक्षकलाई सङ्घअन्तर्गत राख्नुपर्ने बताउँदै आएका छन् । उज्यालो
April 17, 2025 8:40 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी