

विदेशबाट फर्किनेले सुन ल्याउँदा कति भन्सार तिर्नुपर्छ ?

१८ जेठ, काठमाडौं । सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि कर भने तिर्नुपर्नेछ । अब विदेशबाट फर्किँदा कर तिरेर सय ग्राम अब सुन ल्याउन पाइने छ ।
५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुनपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही भनिएको छैन ।अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।
५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५०ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिए ।
‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने,’सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’
अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश सकेको छैन । यसका कारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।
भन्सार विभागका अधिकारी भने आर्थिक विधेकयले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।
June 3, 2018 11:45 am | खेलकुद,प्रवास,राजनीति,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

समयमै चुनाव गराउन निर्वाचन आयोग तयार

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

