जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकले जलस्रोत विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्नुभएकाे संशोधित दफासहितको विधेयक बहुमतले पारित भएकाे हाे ।
बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवम् समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताउनुभयो ।
उहाँले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबीसमेत गर्नुभयो ।
विधेयकमाथिको छलफलमा सांसदहरू दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा. अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राखेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । उज्यालो
May 19, 2025 10:59 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन