Friday 15th May 2026

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

11 months अगाडी

दाङ —लुम्बिनी प्रदेशस्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि दाङको बेलझुण्डी रंगशालामा सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका खेलाडीहरू सहभागी भएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताए ।

प्रतियोगितामा रोल्पा जिल्लाबाहेक सबै जिल्लाका खेलाडी सहभागी भएको उनले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक र अफिसियल गरी करिब एक हजार तीन सय बढीको सहभागिता रहेको गौतमले बताए ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरीले गरिन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले खेलकुदको विकाससँगै युवाहरूलाई अनुशासित बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले खेलको विकासमा तीनै तहका सरकारले भूमिका खेलिरहेको बताए ।

Lumbini state level President Running Shield competition started in Dang

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला-पुरुष, कबड्डीमा महिला-पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्दो गरी छ विधाका प्रतियोगिता समावेश गरिएको छ । उक्त प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका खेलाडी सहभागी भएका छन् । कान्तिपुर

          June 6, 2025 1:26 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...