

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य भएको एक वर्ष पुगेको छ। गत वर्षको असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता सहकार्यका लागि सातबुँदे समझदारी भएको थियो। त्यसपछि असार ३० गते ओली १८ महिनाका लागि प्रधानमन्त्री भएका थिए। यसअनुसार ओली अब ६ महिना अर्थात् पुससम्म पदमै रहनेछन्। त्यसपछि देउवा प्रधानमन्त्री बन्नेछन्।
भत्किने र टिक्ने बहसका बीच कांग्रेस-एमाले सत्ता गठबन्धन चलिरहेको छ। अहिलेको अवस्थामा गठबन्धन फुट्छ भनेर भन्न सकिने अवस्था छैन। राजनीतिक विश्लेषकहरूले पनि यो मूलत: देउवा-ओलीको गठबन्धन भएको भन्दै भत्किहाल्ने अवस्था कम भएको बताउन थालेका छन्। अहिलेका लागि त्यो विश्लेषण सही नै हो लाग्छ। देउवा-ओलीले आपसको तारिफका लागि शब्दहरू खर्चिरहेकै छन्। ओलीप्रति देउवाको विश्वास कायमै छ, ओलीले पनि सहमतिअनुरूप ‘कुर्सी’ देउवालाई सुम्पने भनिरहेकै छन्।
तर, कांग्रेसकै नेता डा. शेखर कोइरालाले भने सरकारको नेतृत्व एमालेलाई किन दिएको भन्दै देउवामाथि प्रश्न तेर्स्याएका छन्। सत्ता सहकार्य भएको एक वर्षपछि उनले प्रश्न उठाएका हुन्। सोमबार (आज) बसेको केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरेका छन्, ‘२०७९ को सङ्घीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ। अहिले एमालेसँग सरकारमा छौँ। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ। तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ। के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’
कोइरालाले देउवासँग चित्तबुझ्दो र स्पष्ट जवाफको मागसमेत गरेका छन्। उनले थप प्रश्न गरेका छन्, ‘संविधान संशोधनका लागि हो भने संशोधनको मुद्दा कहाँ पुग्यो ?’ सातबुँदे समझदारीपत्रमा देउवा-ओलीले संसद्का पहिलो र दोस्रो ठूला दल मिलेर सरकार गठन गर्नुको अन्तर्यका रूपमा संविधान संशोधन देखाएका थिए तर, एक वर्ष बित्दासमेत संविधान संशोधनमाथि बहस पनि प्रारम्भ भएको छैन।
बरु यसबीचमा ओलीले अब संविधान संशोधन २०८७ सालमा मात्रै सम्भव हुने बताए। यसमा देउवाले केही बोलेका छैनन् तर, कांग्रेसका अरु नेताहरूले त्यसको विरोध गरेर संविधान संशोधन सहमतिअनुरूप यही संसदीय कार्यकालमा हुनुपर्ने माग गरिरहेका छन्। ठीक यहीबेला कोइरालाले पनि देउवामाथि एमालेलाई सरकारको नेतृत्व दिएको र संविधान संशोधनबारे प्रश्न उठाएर चित्तबुझ्दो जवाफको माग गरेका हुन्। नागरिक
June 30, 2025 11:53 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

