एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ —पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पहिले नै नवीकरण भइसकेको विषयलाई अहिले विवादमा ल्याइएको बताएकी हुन् ।
पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,’ उनले भनिन् । एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् ।
एमाले केन्द्रीय कमिटीले मंगलबार मध्यरातमा ‘संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने’ तर्कसहित भण्डारीको पुनरागमनमा रोक लगाउने निर्णय गरेको थियो ।
भण्डारीले २०८० मा सदस्यता नवीकरण गरेको बताएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । राष्ट्रपति निर्वाचित भएपछि सदस्यता त्यागेको अवस्थामा सदस्यता नवीकरण गर्न नमिल्ने तर्क संस्थापन पक्षको छ । कान्तिपुर
July 26, 2025 8:51 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन