एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो
काठमाण्डौ – दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियालाई हराएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको दुई सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर पाँच बलमा एक सय ९८ रनमा अलआउट भयो ।
अस्ट्रेलियाका कप्तान मिचेल मार्शले ८८ र बेन द्वारशुइसले ३३ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले पाँच विकेट लिए । यस्तै नान्द्रे बर्गर र लुङ्गी न्गिडीले समान दुई तथा प्रेनेलन सुब्रायेनले एक विकेट लिए ।
त्यसअघि केर्न्समा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर एक सय ९८ रन बनायो । दक्षिण अफ्रिकाका एडेन मार्करामले ८२ रन बनाए । यस्तै कप्तान टेम्बा बाभुमाले ६५ र म्याथ्यू ब्रेट्जके ५७ रन बनाए । अस्ट्रेलियाले ट्राभिस हेडले चार, बेन द्वारशुस दुई र एडम जाम्पाले एक विकेट लिए । एकदिवसीय शृङ्खलाअन्तर्गत दोश्रो खेल पर्सि शुक्रवार हुनेछ । उज्यालो
August 20, 2025 9:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी