समयमै चुनाव गराउन निर्वाचन आयोग तयार
काठमाण्डौ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताउनुभएको छ । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार रहेको बताउनुभएको हो ।
शान्ति सुरक्षा विना चुनाव सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताउनुभयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याईदिएमा कानूनमा रहेका बाधाहरु हटेर मतदाता सङ्कलन लगायत कार्यसम्पादनमा सहज हुने बताउनुभयो ।
यस्तै गृह एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय चुनाव गराउनु रहेकोले चुनाव हुनेमा शङ्का नगर्न अनुरोध गर्नुभयो । चुनाव गराउन नसके वर्तमान सरकार असफल हुने भन्दै उहाँले असफलताको धब्बा नबोक्ने बताउनुभयो ।
उहाँले मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रियाका कारण जेन जी समूह नै सहभागी हुन नपाउने पो हो कि भन्ने स्थिति पैदा भएको भन्दै विद्यमान कानूनी बाधा हटाएर उनीहरुलाई सहभागी गराउने बताउनुभयो । यस्तै विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउन पनि अध्यादेश आवश्यक रहेको उहाँको भनाइ छ । उज्यालो
September 18, 2025 7:46 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।