राजनीतिक पहुँचका आधारमा रोकिएका फाइलहरु खोलिदै: गृहमन्त्री ओमप्रकाश अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजनीतिक ‘कनेक्शन’ का आधारमा रोकिएका अनुसन्धानको ‘ब्रेक थ्रु’ हुने बताउनुभयो ।
गृहमन्त्री अर्यालले राजनीतिक पहुँचका भरमा सुशासनमा भइरहेको अवरोध खुल्नेसमेत दाबी गर्नुभयो । उहाँले विगतमा कतिपय अपराध अनुसन्धानमा, कतिपय वित्तीय अपराध अनुसन्धानमा, भ्रष्टाचारका विषयवस्तुमा भइरहेकाे अवराेध अब फुकाउनुपर्ने र त्यसै अनुसार निर्देशन दिएको बताउनुभयो ।
अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने र रोकिएका कुनै विषयवस्तु छन् भन्ने त्यसलाई तुरुन्त अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
गृहमन्त्री अर्यालले शान्ति, सुरक्षा र सुशासन कायम गर्दै तोकिएको मिति आउँदो फागुन २१ गते चुनाव सम्पन्न गर्न पनि राजनीतिक पहुँचका फाइल खोल्नुपर्ने बताउनुभयो । साथै भदौ २४ गते भएको आन्दोलनका क्रममा काठमाण्डौ महाराजगञ्जमा रहेको सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो ।
September 26, 2025 4:26 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन