राजनीतिक पहुँचका आधारमा रोकिएका फाइलहरु खोलिदै: गृहमन्त्री ओमप्रकाश अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजनीतिक ‘कनेक्शन’ का आधारमा रोकिएका अनुसन्धानको ‘ब्रेक थ्रु’ हुने बताउनुभयो ।
गृहमन्त्री अर्यालले राजनीतिक पहुँचका भरमा सुशासनमा भइरहेको अवरोध खुल्नेसमेत दाबी गर्नुभयो । उहाँले विगतमा कतिपय अपराध अनुसन्धानमा, कतिपय वित्तीय अपराध अनुसन्धानमा, भ्रष्टाचारका विषयवस्तुमा भइरहेकाे अवराेध अब फुकाउनुपर्ने र त्यसै अनुसार निर्देशन दिएको बताउनुभयो ।
अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने र रोकिएका कुनै विषयवस्तु छन् भन्ने त्यसलाई तुरुन्त अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
गृहमन्त्री अर्यालले शान्ति, सुरक्षा र सुशासन कायम गर्दै तोकिएको मिति आउँदो फागुन २१ गते चुनाव सम्पन्न गर्न पनि राजनीतिक पहुँचका फाइल खोल्नुपर्ने बताउनुभयो । साथै भदौ २४ गते भएको आन्दोलनका क्रममा काठमाण्डौ महाराजगञ्जमा रहेको सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो ।
September 26, 2025 4:26 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने