Saturday 25th October 2025

भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

14 hours अगाडी

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ ।

क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो ।

दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग गरी परीक्षण सुरु गरेका मन्त्रि सिंहको विज्ञप्तिमा उल्लेख छ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यदि मौसम अनुकूल रहेमा अक्टोबर २९ तारिख अर्थात आउँदो बुधवार दिल्लीमा कृत्रिम वर्षा भइ हावाको प्रदुषण घट्ने बताउनुभएको छ । परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी सार्वजनिक भएको छैन ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँदिल्ली अहिले संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक रहेको छ । सेप्टेम्बरमा गरेको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो ।  उज्यालो

          October 25, 2025 5:08 am | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...