संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
काठमाण्डौ – ‘जेनजी’ प्रतिनिधि एवम् अगुवाहरूले समयमै चुनाव सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा उनीहरुले समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले एमालेले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताउनुभयो । संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धि विपरीत हुने भनाइ राखेको उहाँले बताउनुभयो । ‘समयमा चुनाव हुनुपर्ने धारणा राखेका छौँ । सरकार र जेनजी समयमा चुनाव सम्पन्न गराउन सकारात्मक छौँ । यसमा दलहरू पनि लाग्नपर्छ भनेर आग्रह गरिएको छ’, साउदले भन्नुभयो ।
बैठकमा अभियन्ता सागर ढकालले चुनाव निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री बनाउन आफूहरूले सबै राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँले समयमा सुधारिएको चुनावसँगै भ्रष्टाचार विरुद्धको कारबाहीमा समेत सरकार केन्द्रित हुनुपर्ने विषय उठेको बताउनुभयो ।
यस्तै, बैठकमा सहभागी एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जेनजी प्रतिनिधिले सबै राजनीतिक दललाई आउँदो चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव राखेको बताउनुभयो ।
बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ थियो।उज्यालो
October 30, 2025 7:06 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन