विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
काठमाण्डाै – विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको छ । निर्वाचन आयोगले सरकारलाई राय पठाउँदै चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको जानकारी गराएको हो ।
कानूनी व्यवस्थाका लागि गृह मन्त्रालयले राय मागेपछि आयोगले हिजो पठाएको हो । विद्यमान कानूनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको विषयलाई सम्बोधन नगर्ने भएकाले त्यसका लागि कुन–कुन कानूनमा के–के संशोधन गर्न आवश्यक छ, त्यसबारे अध्ययन र छलफलपछि सुझाव पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आयोगका अनुसार निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गरिनुपर्ने जानकारी मन्त्रालयलाई दिइएको छ ।
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन सरकारले अध्यादेशमार्फत कानून संशोधनको तयारी गरिरहेको छ । अहिले विदेशमा रहेका मतदातालाई समानुपातिक निर्वाचन प्रणालीतर्फ कसरी सहभागी गराउने भन्नेबारेमा छलफल भइरहेको हो ।
फागुन २१ गतेका लागि तोकिएको चुनाव आउन १ सय १९ दिन मात्रै बाँकी भए पनि सरकारले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिने वा नदिने भन्ने निर्णय गर्न सकेको छैन । उज्यालो
November 6, 2025 4:54 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव