कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेत – माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति
फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्म जयन्ती साथै समाजको तेश्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

कुवेतको मङ्गाफस्थित मेमोरिस हलको सभाहलमा ०७ नोभेम्बर २०२५ शुक्रवारको दिन समाजका अध्यक्ष अमित राईको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष बल बहादुर काम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष दिल कुमार पाख्रीन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष चन्द्र गोतामे लगायतको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

“किराँत धर्म भाषा लिपि साहित्य र संस्कृतिको सम्बर्द्धन हाम्रो साझा अभियान” भन्ने नारा सहित कुवेतको नेपाली समाजमा विगत ३ वर्ष पहिले स्थापना भएको समाजले आफ्नो तेश्रो वार्षिकोत्सव साथै महागुरु फाल्गुनन्दको जन्म जयन्ती कात्तिक २५ गते आईतबार भएता पनि प्रवासी कार्यव्यस्तताले गर्दा शुक्रवार नै मनाइएको हो । समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई बि. स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
समाजका सचिव अनिश लावतीको संचालन रहेको कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य सहित राष्ट्रिय विभूति तथा महागुरु फाल्गुनन्दको समाज सुधारको कदमलाई प्रशंसा गरेका थिए । फाल्गुनन्दले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउनुको साथै समाज सुधारका निमित्त नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो । त्यस्तै उनले विश्वयुद्धमा भारतीय सिपाही बनेर युद्ध लडेका पनि थिए । युद्धबाट फर्किएरपछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाईन्छ ।
November 8, 2025 3:03 am | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन