दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
3 months अगाडी
manoj Thapa
दाङ – राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा आगलागी भएको छ । आगलागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला साना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट भएको छ ।
झन्डै ६७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । राप्ती गाउँपालिकाले पुन्यपुरमा फोहर व्यवस्थापन गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार सुरक्षाकर्मी, स्थानीयबासिन्दा, गढवा र राप्ती गाउँपालिकाको दमकललगायतको सहयोगमा आगो निभाउन झन्डै दुई घण्टा लागेको थियो । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उज्यालो
December 12, 2025 4:53 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...