कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग कुवेतले वरिष्ठ सल्लाहकार राजु कार्कीलाई १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट एक्लो र आधिकारिक प्रतिनिधिको रूपमा समानुपातिक सांसदका लागि सिफारिस गरेको छ।

कुवेतमा बसेर पार्टी, समाज र प्रवासी नेपालीका लागि उनलाई गर्दै आएकै काम, सक्रियता र निरन्तर उपस्थितिको कदर गर्दै समिति र सदस्यहरूले सर्वसम्मत रूपमा कार्कीको नाम अघि सारेका हुन्।
प्रवासमा परेका नेपालीको समस्या सुन्ने, समाधानका लागि दौडधुप गर्ने, संगठनलाई व्यवस्थित राख्ने र नयाँ पुस्तालाई जोड्ने कार्कीको शैलीले सबैलाई प्रभावित गर्दै आएको छ। त्यसैले समिति पक्षले उनको अनुभव र क्षमताले आगामी दिनमा पार्टीलाई मात्रै होइन, प्रवासी नेपालीको आवाजलाई पनि देशमा बलियो रूपमा पुर्याउने विश्वास गरेको छ।
सिफारिस सार्वजनिक भएपछि विभागले कार्कीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदाय, प्रवास, श्रमिक र राष्ट्रका प्रश्नलाई पहिलो प्राथमिकतामा राखिरहने अपेक्षा व्यक्त गरेको छ।
December 12, 2025 6:33 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन