एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
2 months अगाडी
manoj Thapa
काठमाण्डौ – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ ।
भृकुटीमण्डपमा भैरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली दोब्बर मतले अगाडि हुनुहुन्छ भने महासचिवमा कडा प्रतिष्पर्धा देखिएको छ । ओलीको १ सय ५६ मत आउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले १ सय १५ ल्याउँदा सुरेन्द्र पाण्डेले १ सय ८ मत प्राप्त गर्नुभएको छ ।
केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी परेको छ । उज्यालो
December 18, 2025 11:14 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...