बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् ।
गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गएको बिहिवार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेका थिए । उहाँको उपचारकाक्रममा ज्यान गएको थियो । हिजो अन्त्येष्टि समारोह गरिएको हो ।
अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ थिए । हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा गाडिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अन्त्येष्टि कार्यक्रममा अन्तरिम नेता मुहम्मद युनुसले सम्बोधन गर्दै हादीको सबैको हृदयमा रहेको र जबसम्म देश रहन्छ तबसम्म सबै बङ्गलादेशीहरूको हृदयमा रहने बताउनुभयो । गएको वर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी आउँदो फेब्रुअरीमा हुने चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा समेत हुनुहुन्थ्यो । उज्यालो
December 21, 2025 8:50 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :