बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् ।
गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गएको बिहिवार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेका थिए । उहाँको उपचारकाक्रममा ज्यान गएको थियो । हिजो अन्त्येष्टि समारोह गरिएको हो ।
अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ थिए । हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा गाडिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अन्त्येष्टि कार्यक्रममा अन्तरिम नेता मुहम्मद युनुसले सम्बोधन गर्दै हादीको सबैको हृदयमा रहेको र जबसम्म देश रहन्छ तबसम्म सबै बङ्गलादेशीहरूको हृदयमा रहने बताउनुभयो । गएको वर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी आउँदो फेब्रुअरीमा हुने चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा समेत हुनुहुन्थ्यो । उज्यालो
December 21, 2025 8:50 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन