सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएलगत्तै उनीहरुका समर्थक उत्साहित भएका छन् । नयाँ र वैकल्पिक शक्तिहरुबीचको एकताले मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने भन्दै उनीहरु उत्साहित भएका हुन् ।
सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताउनुभएको छ ।
लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको हो ।
मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको छ ।
यसअघि उज्यालो नेपाल पार्टीलाई पनि समेटेर एकताको प्रयास भएको थियो । तर पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाउनुभएको थियो । पार्टीको नाम रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि र प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने भन्दै उहाँ छलफलमा सहभागी हुनु भएको थियो ।
कुलमानले असहमति जनाएपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलपछि सातबुँदे सहमतिमा हस्ताक्षर भएको हो । उज्यालो
December 28, 2025 8:58 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन