चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति निकाल्दै शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सरकारलाई आग्रह गर्नुभएको हो ।
‘आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरू दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोप–प्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र चुनावको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने आयोगको ठम्याइ छ । संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरूले पनि अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए पनि अरूको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई स्वतन्त्रताको विषय मान्न नसकिने आयोगको भनाइ छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा