Monday 2nd February 2026

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

17 hours अगाडी

काठमाण्डाै – चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । ब्रेन ह्यामरेज भएपछि उहाँकाे काठमाण्डाैकाे ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा डाक्टरले आज दिउँसो पौने १ बजे ४५ वर्षीय सिटौलालाई मृत घोषणा गरेका हुन् । ग्रान्डी अस्पतालले विज्ञप्ति निकालेर उहाँको निधन भएको जानकारी गराएको छ ।

सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । उहाँ चलचित्र पत्रकार सङ्घको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा सिटौला अछाम पुगेका बेला अचानक बेहोस भएर ढलेपछि अस्ति शुक्रवार हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो ।उज्यालो

          February 1, 2026 3:14 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...