यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको ऐतिहासिक महाअधिवेशनपछि सम्पन्न गरिएको पहिलो सामाजिक कार्यका रूपमा उक्त कार्यक्रम ने.स. २०८२ माघ २० गते सिरहा जिल्ला अन्तर्गत गोलबजार नगरपालिका वडा नं. १, २, ३ र १३ मा आयोजना गरिएको हो। अत्यन्त विपन्न अवस्थाका विद्यार्थी बाबुनानीहरूलाई लक्षित गरी गरिएको कार्यक्रममा चारवटा विद्यालयका ७५ जना विद्यार्थीलाई झोला, कापी तथा पेन्सिल वितरण गरिएको थियो।

कार्यक्रममा यात्री समाज कुवेतका सल्लाहकार सरोज सापकोटा तथा उपाध्यक्ष भरत मणि मगर (अनशुमन) ले संस्थाको प्रतिनिधित्व गर्दै आफ्नै करकमलबाट शैक्षिक सामग्री वितरण गरेका थिए।
गोलबजार सरसफाइ युवा कर्मी तथा श्रमदान समूहको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, अभिभावक तथा गाउँबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शैक्षिक सामग्री वितरण गरिएका विद्यालयहरूमा श्री सरस्वती माध्यमिक प्राविधिक विद्यालय, गोलबजार–३, श्री राम सुन्दर जनता आधारभूत विद्यालय, गोलबजार–२, श्री श्रमिक आधारभूत विद्यालय तथा श्री जनहित आधारभूत विद्यालय रहेका छन्।

यात्री समाज कुवेतले शिक्षा जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा गरिएको सानो सहयोगले पनि विद्यार्थीहरूको भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग, सहकार्य तथा उपस्थितिका लागि आयोजक संस्थाले सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
February 4, 2026 12:20 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन