राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
हकाठमाण्डाै – काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे पक्राउकाे विराेधमा आज एमालेकाे ज्ञापनपत्र बुझ्दै सीडीओ पाैडेलले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनुभयो । आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावानुसार निर्वाह गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कुनै पनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी प्रशासनिक पेशागत भावानुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरू भएका छन् । त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याउँछाैँ । हामीले सुरक्षाकर्मीहरूलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ ।’
हिजाे बसेकाे पार्टीकाे सचिवालय बैठकको निर्णयबमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हाे । विरोधपत्रमा एमालेले संविधान, मानव अधिकार र विधिको शासन विपरीत काम भएकाे भन्दै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ । उज्यालो
March 29, 2026 4:41 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै