अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ । सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक दायित्व छ । त्यसैअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको हो ।
बजेट मार्गदर्शन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकेको मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताउनुभयो । उहाँकाअनुसार आउँदो बजेट आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता राखेर लेखन तयारी भइरहेको छ ।
साथै सम्बन्धित सबै मन्त्रालयलाई संवेदनशील हुन र आयोजनाको बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजना र याेजना बैंकमा सूचीकृत भइसकेका आयोजनालाई मात्र राख्ने गरी मार्गदर्शन पठाएको सहसचिव पाण्डेयले बताउनुभयो ।
मन्त्रालयलकाअनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । गएको वर्षको तुलनामा यो वर्ष कम सिलिङ प्रस्ताव गरिएको छ । नयाँ सरकारको प्राथमिकता तथा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई समेत आउँदो बजेटले सम्बोधन गर्ने मन्त्रालयले जनाएकाे छ । उज्यालो
April 1, 2026 5:26 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन