कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
काठमाण्डौ – कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो ।
स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको आठ वटा प्रारम्भिक घटना पुष्टि गरेको बताउनुभयो । कम्तिमा २४६ वटा शङ्कास्पद नमुनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था क्युएनएले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले इबोलालाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ, तर डब्लूएचओले महामारी भने भनेको छैन ।
कङ्गोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कडा पारेको छ । इबोला भाइरसबाट सङ्क्रमित बिरामीमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको ज्यान जाने गरेको छ ।
यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । सङ्क्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ । उज्यालो
May 17, 2026 1:53 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।