यस्ता फाईदा थाहा पाएपछि कहिल्यै खान छाड्नुहुनेछैन अण्डा
काठमाडौँ । तपाईले अण्डा कत्तिको खाने गर्नु भएको छ ? खाने नै गर्नु भएको छैन् भने खान सुरु गर्नुहोला। अण्डाले हाम्रो शरीरलाई महत्वपूर्ण फाईदा पु-याउँछ। कतिपयले अण्डालाई रोटी जस्तो बनाएर खान्छन् भने कतिपयले बोईल गरेर खाने गर्दछन्। त्यस्तै कोहीले अन्य खाद्य बस्तुमा मिसाएर खान्छन्। अण्डाले दिमागलाई तेजिलो बनाउने देखी आँखाको ज्योति बढाउने सम्मका कामहरु गर्छ। हामीले अण्डा खाएमा हुने केही फाईदाहरु तल उल्लेख गरेका छौँ।
१) अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन्। यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ।
२) शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० ग्राम क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ। भोक लागेको बेला अण्डा खाएमा शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन।
३) अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले त्यसले शरीरलाई ऊर्जावान राख्न सहयोग गर्छ। ब्रेकफास्टमा अण्डा खाएमा दिनभरि काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ।
४) अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छने भएकाले हड्डीलाई बलियो बनाउन सहयोग गर्छन्।
५) बिहान उठेपछि अल्छी महसुस भएमा अण्डा खाने गनुपर्छ। यसले ‘इनर्जी बुस्टर’ अर्थात शक्ति बढाउने काम गर्छ र जाँगरिलो बनाउँछ।
६) अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन सहयोग पु-याउँछ। खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ।
July 28, 2018 11:42 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण