ठकुरी सहयोग संजाल युएईले वर दुबईमा तीजका अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो
कमल सिम्ताली
दुबई ,२८ जुलाई – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अबसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शुक्रबार वर दुबईमा सम्पन्न भएको छ ।
ठकुरी सहयोग संजाल युएईको अायोजनामा वर दुबईमा रहेको सिल्भर स्पेन रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली हिन्दु चेलीबेटीहरुलाई नजिकिँदै गरेको तीजको शुभकामना दिदै, अाफ्नो संस्कृतिक, कला र भाषाको जगेर्ना गर्नका लागि सन्देश प्रवाह गर्न कार्यक्रमको आयोजना गरिएको संजालले जनाएको छ ।
हेर्नुहोस तिज कार्यक्रममा यसरी रमाए युएई बासीहरु :
कार्यक्रममा संजालका विदेश प्रमुख रामु शाही ठकुरी, संजालका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष दिपक शाही ठकुरी, वरिष्ठ सल्लाहकारहरुमा लोकेन्द्र बम ठकुरी, विश्वदेब शाह ठकुरी, तारा मल्ल ठकुरी लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा उनीहरुले सम्पूर्ण ठकुरी परिवारका सदस्यहरु र अन्य हिन्दु धर्मवालम्बी नारीहरुलाई एकाअपसमा सम्मान सहित शुभकामना अादानप्रदान गरेका थिए ।कार्यक्रम ठकुरी संजाल युएईका अध्यक्ष भीम मल्लको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै