ठकुरी सहयोग संजाल युएईले वर दुबईमा तीजका अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो
कमल सिम्ताली
दुबई ,२८ जुलाई – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अबसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शुक्रबार वर दुबईमा सम्पन्न भएको छ ।
ठकुरी सहयोग संजाल युएईको अायोजनामा वर दुबईमा रहेको सिल्भर स्पेन रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली हिन्दु चेलीबेटीहरुलाई नजिकिँदै गरेको तीजको शुभकामना दिदै, अाफ्नो संस्कृतिक, कला र भाषाको जगेर्ना गर्नका लागि सन्देश प्रवाह गर्न कार्यक्रमको आयोजना गरिएको संजालले जनाएको छ ।
हेर्नुहोस तिज कार्यक्रममा यसरी रमाए युएई बासीहरु :
कार्यक्रममा संजालका विदेश प्रमुख रामु शाही ठकुरी, संजालका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष दिपक शाही ठकुरी, वरिष्ठ सल्लाहकारहरुमा लोकेन्द्र बम ठकुरी, विश्वदेब शाह ठकुरी, तारा मल्ल ठकुरी लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा उनीहरुले सम्पूर्ण ठकुरी परिवारका सदस्यहरु र अन्य हिन्दु धर्मवालम्बी नारीहरुलाई एकाअपसमा सम्मान सहित शुभकामना अादानप्रदान गरेका थिए ।कार्यक्रम ठकुरी संजाल युएईका अध्यक्ष भीम मल्लको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार