गोविन्द केसीको मुद्धामा पार्टीगत अडान थिएन : विवेकशील साझा
काठमाडौं, १३ साउन । विवेकशील साझा पार्टीले चिकित्सक डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ ।सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो ।
पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं पार्टीको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले व्यक्तिगत हैसियतमा सहजीकरण गरेकामा त्यसबारे गलत सन्देश प्रवाह गरिएको दाबी गरे ।
‘वार्ता र सहमतिका लागि हाम्रो पार्टीको कुनै अडान थिएन । हामीले पार्टीको व्यानर लिएर सडकमा गएका पनि थिएनौँ । यस्ता विषयलाई राजनीतिक लाभका रुपमा कुनै पनि दलले उपयोग गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ ।’
सरकार र डा. केसीबीच गत बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्नेलगायत विभिन्न नौ बुँदे सहमतिपछि केसीले २७ औं दिनको अनसन तोडेका थिए ।
July 29, 2018 3:19 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।