पढ्नुस् चलाख बेहुलाको रोचक कहानी,७ युवतीलाई फसाएर बिहे गरी लुटिसकेका थिए यी व्यक्ति
एजेन्सी। भारतको मुम्बइ प्रहरीले एक चलाख लुटेरा बेहुलालाई पक्राउ गरेको छ । विक्रोली पुलिसबाट प्राप्त जानकारी अनुसार ३७ वर्षीय शौर्य कैयौं मेट्रिमेनियल साइटमा आलग अलग ७ नामका प्रोफाइल बनाएर युवतीलाई फसाउँथे । यतिमात्र होइन त्यसपछि उनी नक्कली बिहे गरेर पत्नीको घरमा भएका सबै बहुमूल्य सामान र नगद लिएर फरार हुन्थे ।
पछिल्लो समय ३२ वर्षीय एक महिलाले विक्रोली थानामा यसबारे उजुरी दर्ता गराएकी थिइन् । महिलाको उजुरीका आधारमा प्रहरीले शौर्यलाई पक्राउ गरेको हो । पुलिसको सोधपुछमा पहिले त शौर्य डराए र केही भनेनन् तर पछि उनले आफ्नो अपराध स्वीकार गरे । प्रहरीका अनुसार शौर्यले ती महिलासँग बिहे गरेको र उनको पसलबाट २ लाख रुपैयाँ चोरेर फरार भएको स्वीकार गरे ।
शौर्यका अनुसार उनको पहिलो बिहे २०१० मै भएको थियो । उनका एक ५ वर्षका छोरा पनि छन् । उनले पत्नीलाई नबताइ मेट्रिमोनियल साइटमा युवतीलाई फसाउने काम गर्थे । महिला फसेपछि उनीहरुसँग बिहे गरेर उनीहरुको घरमा बस्ने नाटक गर्थे । राती महिलाको घरको सबै बहुमूल्य सामान लिएर फरार हुन्थे । प्रहरीले उनलाई लामो समयदेखि खोजिरहेको थियो ।
July 31, 2018 3:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक