Monday 10th November 2025

यो मन्दिरको ढोका खुलेपछि हुनेछ संसारको सर्वनाश !

7 years अगाडी

आज पनि केही यस्ता मन्दिर छन, जुन शक्तिशाली तथा अद्भुद छन् । यस्तै एक मन्दिर छ, जुन प्राचिनकाल देखि आजसम्म अनेकौं रहस्यको घेरिएको छ । यो मन्दिरको नामको पद्मनाथ मन्दिर । यो भारतको केरला राज्यको तिरुवन्तपुरममा छ । यो भगवान विष्णुको पुरानो मन्दिर हो । मानिसहरु यो मन्दिरको प्रतिमा मन्दिर निर्माण हुनभन्दा पहिले नै सोही स्थानमा प्राप्त भएको बताउँछन् । मूर्ती भेटीएपछि मन्दिर निर्माण गरिएको विश्वास स्थानीयको छ । यो मन्दिर निर्माणकाल देखि अहिलेसम्म अनेक प्रकारमा मान्यता र रहस्या रहेका छन । अहिलेसम्म यो मन्दिरका सहस्य बारेमा कसैलाई थाहा छैन

अहिले यो मन्दिरको रेखदेख त्रावणकोरका राजपरिवारले गरिरहेका छन् । यो मन्दिरमा रहेका खजनाका ५ ढोका खुलिसकेका छन् । ढोका खोल्ने अनुमति राजपरिवार कसैको पनि दिइरहेका छैनन् । किनकी छैटौ ढोका खुल्यो भने संसारमा भयङकर विपत्ति आउने बताइन्छ । आजभन्दा १४० बर्ष पहिला यी ६ वटै ढोका खोल्ने काम गरिएको थियो । ढोका खोलेपछि यस्तो आवज आयो मानौं समुद्रमा आँधी आएको छ ।

यस्तो आवज आएपछि त्यहाँ उपस्थित सबै पुजारी र राजकर्मचारी डराए । एक यस्तो मान्यता छ की यदी ६ वटै ढोका खोल्यो भने संसारमा विपत आउने छ । त्यसैले पछिल्लो १४० बर्ष देखि ढोका पछिको रहस्य आजसम्म खुल्न सकेको छैन । स्थानियका अनुसार छैंटौ ढोका पछि एक सुरुङ छ । जुन समुन्द्रमा जोडिएको छ । सुरुङमा एक विशाल सर्प रहेको र त्यही सर्पले खजानको रक्षा गर्ने स्थानियको विश्वास छ ।

          August 1, 2018 10:51 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...