केरा खाएर बोक्रा नफाल्नुहोस्, यस्ता छन् फाइदा
काठमाडौँ । हामीलाई केराको फाइदा बारे त थाहा छ। तर, केरा खाएर फालिने बोक्राको पनि अनेकौँ फाइदा हुन्छ भन्दा तपाइँलाइ पत्यार नलाग्न सक्छ।
केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स हुन्छन्। यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ। केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईकालागि प्रयोग गर्न सकिन्छ। जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग।
१. आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ।
२. केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ। दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ।
३. केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ, चिम्किन्छ।
४. केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ।
५. केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ।
६. सिडी वा डिभिडी स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस्।
७. चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ।
८. मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस्। मासुलाई चाँडै पकाउँन मद्दत गर्छ।
९. केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस्। यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ।
August 4, 2018 11:40 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण